काठमाडौं । नेपालका लागि होण्डा ब्राण्डका जेनेरेटर तथा अन्य होण्डा पावर प्रोडक्टहरुको आधिकारिक वितरक स्याकार टे«डिङ्गले हिमालय उद्धार संघ नेपाललाई जेनेरेटर प्रदान गरेको छ ।
स्याकारले संघलाई अक्सिजन, भिडियो एक्सरे, तथा अन्य डायग्नोष्टिक उपकरणहरु संचालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले जेनेरेटर सहयोग गरेको हो ।यस सहयोगले स्वस्थ शिविर संचालन तथा उद्धार कार्यमा सहज हुने कम्पनीको विश्वास छ ।
ज्योति समूहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउण्डेशनका संचालक श्रीमती मिरा ज्योति र स्यकाकर ट्रेडिङ कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिले एक कार्यक्रमको बीच उक्त संस्थालाई सहयोग हस्तान्तरण गरेको हो ।
होण्डा ब्राण्डका जेनेरेटर तथा अन्य पावर प्रोडक्टहरु उच्च गुणस्तरीय, कम इन्धन खपत, कम आवाज, न्यूनतम संचालन खर्च, वातावरण मैत्री र भरपर्दो मानिन्छ । यो सेगमेन्टमा होण्डा पावर प्रोडक्टसहरु नेपालको सर्वाधिक विक्री हुने पावर प्रोडक्टहरुमा पर्दछ ।