सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट

काठमाडौं । ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले विन्टर सेल अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको हो ।

 

यस अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । यो अफर चैत १ गतेदेखि १७ गते सम्म लागू हुनेछ ।

 

विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ । सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।

 

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र, ललितपुरको जावलाखेल र कुमारीपाटी , कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिबुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे तथा पोखराको लेकसाइड र न्यूरोडमा सोनमका सोरुम छन् ।

आगामी बजेटमा कृषिलाई पहिलो प्राथमिकता : अर्थमन्त्री Read Previous

आगामी बजेटमा कृषिलाई पहिलो प्राथमिकता : अर्थमन्त्री

ज्योति फाउण्डेशनद्धारा हिमालय उद्धार संघलाई जेनेरेटर सहयोग Read Next

ज्योति फाउण्डेशनद्धारा हिमालय उद्धार संघलाई जेनेरेटर सहयोग