नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजार दोहोरो अंकले कमब्याक गरेको छ । गत मंगलबारदेखि लगातार दोहोरो अंकले घटेको नेप्से आज लयमा फर्केको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि सामान्य बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३० करोडले बढेर साढे २ अर्ब नाघेको छ ।

 

सोमबार सेयर बजार मापक सूचक नेप्से १७.९९ अंकले बटेर २६१४.५४ विन्दुमा पुगेको छ । यसदिन २३१ कम्पनीको २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ बराबरको ५१ लाख ८९ हजार ८३ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल र अन्य बाहेक बाँकी सबै समूहको परिसूचक बढेको छ ।आज विकास बैंक समूह २.९२ प्रतिशतले बढेको छ भने बैंकिङ समूह सबैभन्दा कम ०.३३ प्रतिशतले बढेको छ ।यसैगरी, जलविद्युत र फाइनान्स समूहरुको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले बढेको नेप्सेले जनाएको छ ।

 

कारोबार भएका २३१ कम्पनीमध्ये १५६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।आज नेपाल टेलिकमको सार्वाधिक कारोबार भएको छ । यसको २० करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।

 

यस्तै, अरुण भ्याल्ली हाइड्रोपावरको ९ करोड बढी, जीवन विकास लघुवित्त,अपीपावर कम्पनीको ९/९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

 

आज एक कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । इमर्जिङ नेपालको सेयर मूल्य ९।९८ प्रतिशतले बढेको छ । त्यसैगरी, न्याग्दी ग्रुप ७.६७ माउन्टेन हाइड्रोपावर कम्पनीको ६.७४,कर्णली विकास बैंकको ६.४९ र युनियन हाइड्रोपावरको ५.५७ प्रतशत सेयर मूल्य बढेको छ ।

ज्योति फाउण्डेशनद्धारा हिमालय उद्धार संघलाई जेनेरेटर सहयोग Read Previous

ज्योति फाउण्डेशनद्धारा हिमालय उद्धार संघलाई जेनेरेटर सहयोग

चीनमा तयार भए साझाका विद्युतीय बस, नेपाल ल्याउन सिपिङ गरिँदै Read Next

चीनमा तयार भए साझाका विद्युतीय बस, नेपाल ल्याउन सिपिङ गरिँदै