ग्लोबल आइएमई बैंकमा मुद्दती निक्षेप धितो राखेर अनलाइनबाटै १० लाख ऋण पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्ने भएका छन् ।

 

बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको हो ।

 

यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइल एप  ‘Global Smart Plus’  वा वेभ ‘www.globalonline.gibl.com.np’  मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् ।

 

सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् ।

 

बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

जापानले आगामी ५ वर्षमा भारतमा ५१ खर्ब लगानी गर्ने Read Previous

जापानले आगामी ५ वर्षमा भारतमा ५१ खर्ब लगानी गर्ने

पौने १२ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक Read Next

पौने १२ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक