जापानले आगामी ५ वर्षमा भारतमा ५१ खर्ब लगानी गर्ने

नयाँ दिल्ली । न्युजापानले आगामी ५ वर्षभित्र भारतमा ४२ अर्ब डलर (करिब ५१ खर्ब नेपाली रुपैयाँ) बराबरको लगानी गर्ने भएको सम्झौता भएको भारतले जनाएको छ ।

 

जापानी प्रधानमन्त्री फुमियो कासिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार नयाँ दिल्लीमा भएको शिखर वार्ताका क्रममा सो सम्झौता भएको हो । भारतीय प्रधानमन्त्री मोदीले आफू र आफ्ना जापानी समकक्षी किशिदाबीचको भेटवार्ता बृहत् र उपलब्धीमूलक भएको बताएका छन् ।

 

मोदीले ट्वीटरमा भनेका छन्, ‘प्रधानमन्त्री किशिदासँगको वार्ता अर्थपूर्ण तथा उपलब्धीमूलक रहेको छ । उहाँ सधैँ भारतको असल मित्र हुनुहुन्छ । हामीबीच विगत केही बर्षमा भएका छलफल दुबै मुलुकको प्रगतिका कारक भएका छन् । जापानी प्रधानमन्त्रीसँग दुईपक्षीय सम्बन्ध बिस्तारका साथै क्षेत्रीय तथा अन्तराष्ट्रिय बिषयहरूमा छलफल भएको छ ।’

 

दुई देशबीच आपसी सहयोग सम्बन्धि ६ वटा सम्झौतामा पनि हस्ताक्षर भएको छ । मोदी र कासिदाबीच रुस–युक्रेन युद्ध र एशिया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका विषयमा समेत छलफल भएको छ । जापानले पछिल्लो समय भारतमा लगानी बढाउँदै आएको छ ।

 

भारतको आर्थिक राजधानी मुम्बइदेखि औद्योगिक शहर अहमदावादसम्म बुलेट रेल बनाउने आयोजनामा पनि जापानले लगानी गरिरहेको छ । जापानले सन् २०१४ देखि ०१९ सम्म भारतमा २९ अर्ब डलर लगानीका आयोजना सम्पन्न गरिसकेको छ ।

 

एशिया प्रशान्त क्षेत्रका दुई ठूला अर्थतन्त्रबीचको नयाँ आर्थिक सम्झौताले यस क्षेत्रको स्थायित्वमा सघाउँ पुर्याउने विश्वास समेत गरिएको छ ।एएनआई

श्रीलंकामा पेट्रोलको चरम हाहाकार, लाइनमा उभिँदाउभिँदै २ जनाको मृत्यु Read Previous

श्रीलंकामा पेट्रोलको चरम हाहाकार, लाइनमा उभिँदाउभिँदै २ जनाको मृत्यु

ग्लोबल आइएमई बैंकमा मुद्दती निक्षेप धितो राखेर अनलाइनबाटै १० लाख ऋण पाइने Read Next

ग्लोबल आइएमई बैंकमा मुद्दती निक्षेप धितो राखेर अनलाइनबाटै १० लाख ऋण पाइने