कोलोम्बो । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पेट्रोल/ग्यासको लाइनमा उभिएका दुई जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय संचारमाध्यम एएफपीका अनुसार आइतबार राजधानी कोलोम्बोमा पेट्रोल किन्न लाइनमा उभिएका ७० वर्षीय वृद्धको मृत्यु भएको हो।लाइनमा उभिँदाउभिँदै बेहोस भएर लडेका उनको त्यहीँ प्राण गएको थियो।
त्यस्तै, शनिबार क्यान्डी सहरका मट्टीतेल किन्न लाइनमा उभिएका अर्का ७१ वर्षीय वृद्धको पनि मृत्यु भएको थियो। पाँच घन्टा लाइनमा उभिएका उनी बेहोस भएर लडेपछि अस्पताल लगिएको थियो तर उनलाई डाक्टरले मृत घोषणा गरेका थिए।
चर्को गर्मीमा घन्टौंसम्म लाइनमा बस्नुपर्दा श्रीलंकनले ज्यादै सास्ती भोग्नु परेको छ। श्रीलंकामा पेट्रोलियम पदार्थको मूल्य समेत आकाशिएको छ।