पौने १२ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ११ अर्ब ८३ रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।

 

केन्द्रीय बैंकले चैत ७ गते जारी गर्न लागेको ९१ दिने, १८१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैकले ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैंयाको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल असार ७ गते परिपक्क हुनेछ ।

 

त्यसैगरी, बैंकले १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाकोे ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल असोज ४ गते परिपक्क हुनेछ । राष्ट्र बैंकले ३६४ दिनका लागि भने २ अर्ब रुपैंयाको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९/१२/७ मा परिपक्क हुनेछ ।

 

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।

 

यी ट्रेजरी बिलको सोमवार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

 

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

ग्लोबल आइएमई बैंकमा मुद्दती निक्षेप धितो राखेर अनलाइनबाटै १० लाख ऋण पाइने Read Previous

ग्लोबल आइएमई बैंकमा मुद्दती निक्षेप धितो राखेर अनलाइनबाटै १० लाख ऋण पाइने

बुटवल-नारायणगढ सडक : काम सक्नुपर्ने बेलामा बल्ल १०% पूरा, खाल्डाखुल्डी र धूलोले सास्ती Read Next

बुटवल-नारायणगढ सडक : काम सक्नुपर्ने बेलामा बल्ल १०% पूरा, खाल्डाखुल्डी र धूलोले सास्ती