विदेशी बैंकको चुक्ता पूँजी घटाइयो, अब २ करोड डलर चाहिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी बैंकहरूलाई नेपाल भित्र्याउन चुक्ता पूँजी घटाएको छ । राष्ट्र बैंकले बुधबार ‘फोरेन बैंक ब्राञ्च लाइसेन्सिङ पोलिसी २०२२’ जारी गर्दै विदेशी बैंकको चुक्ता पूँजी पुनरावलोकन गरेको हो ।

 

राष्ट्र बैंकले जारी गरेको नयाँ पोलिसी अनुसार अब कुनै पनि विदेशी बैंकहरुले नेपालमा शाखा खोल्न २० मिलियन (२ करोड डलर अर्थात् करिब २ अर्ब ४५ करोड रुपैयाँ) चुक्ता पूँजी हुनुपर्नेछ ।यसअघि नेपालमा संचालित नेपाली वाणिज्य बैंक सरह अर्थात् ८ अर्ब चुक्ता पूँजी हुनु पर्ने व्यवस्था थियो ।

 

राष्ट्र बैंकले नयाँ नीतिमा चुक्ता पूँजी घटाए पनि अधिकांश व्यवस्थाहरु यसअघि जारी गरेको नीतिहरु नै रहेका छन् ।यस्तै, राष्ट्र बैंकले नीतिमा नेपालमा विदेशी बैंकले प्रतिनिधि कार्यालय राख्नका लागि अवलम्बन गरिने प्रकृयाका बारेमा पनि उल्लेख गरेको छ । यसअघि बैंक नै पिच्छे निर्णय गर्ने गरेको थियो ।

 

नेपालमा शाखा खोल्न इच्छुक विदेशी बैंकहरुले नेपाल राष्ट्र बैंकले तोकेको प्रक्रिया पूरा गरी आवेदन दिनु पर्नेछ ।

उपत्यकामा होली विशेष सुरक्षा योजना : ६८ ठाउँमा मापसे चेकिङ, १३०० ट्राफिक परिचालन गरिने Read Previous

उपत्यकामा होली विशेष सुरक्षा योजना : ६८ ठाउँमा मापसे चेकिङ, १३०० ट्राफिक परिचालन गरिने

वैज्ञानिक भाडादर : सधैं बढ्ने तर कहिल्यै नघट्ने Read Next

वैज्ञानिक भाडादर : सधैं बढ्ने तर कहिल्यै नघट्ने