काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले फ्री एसी सर्भिस क्याम्प सुरु गरेको छ । कम्पनीले फागुन २५ देखि सीमित अवधिका लागि नेपालभर यो यो क्याम्प सुरु गरेको हो ।
यस क्याम्प अवधिभर सीजी ब्राण्डको एसी बिना शुल्क फ्रीमा सर्भिसिङ गर्नुका साथै एक्सचेन्ज गर्न मिल्ने व्यवस्था समेत रहेको छ ।
उक्त क्याम्पमा ग्राहकले कुनै पनि ब्राण्डको जुनसुकै अवस्थामा रहेको एसीसँग सीजी ब्राण्डको नयाँ एसी साट्न सक्नेछन् । एक्सचेन्ज गर्दा एसीको उचित मूल्यांकन गरीे घरमै गएर फ्रीमा जडान समेत गरिदिने कम्पनीले जनाएको छ ।
नयाँ एसीखरिद गर्न चाहेमा सीजीका कुनै पनि एसी लिँदा २१ प्रतिशतसम्म विशेष छुट रहेको छ । ती एसीहरुमा ५ वर्षको कम्पे्रसर वारेण्टी समेत दिइने छ ।
एसीको स्पेयरपार्टमा ५० प्रतिशतसम्म छुट दिने यो क्याम्पको अर्को आकर्षक रहेको छ ।