प्रभु बैंकमा खाता हुनेले अब मोबाइलबाटै २ लाखसम्म ऋण लिन मिल्ने

काठमाडौं । प्रभु बैंकले अत्याधुनिक प्रविधिको  उपयोग गर्दै  ग्राहकहरुको लागि मोबाइलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ ।

 

बैंकका ग्राहकले प्रभु मोबाइल बैंकिङ्ग एपको माध्यमबाट आफूलाई आवश्यक परेको जुनसुकै बेला २ लाख रुपैयाँ सम्म ऋण लिन सक्ने भएका हुन् ।

 

यो सुविधा हालका लागि प्रभु बैंकमा तलबी खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले मात्र पाउने बैंकले जनाएको छ ।

 

ऋण लिनका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको मोबाइल बैंकिङ्ग एपबाट फोनलोनको लागि अनुरोध गर्न सक्नेछन् । फोनलोनको लागि अनुरोध प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोन लोन सुविधा अन्तर्गत लिन पाउने कर्जा सीमा निर्धारण हुनेछ ।

 

यो कर्जाको भुक्तानी अवधि बढीमा ३६ महिनासम्मको हुनेछ । यसबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनु पर्ने अवस्थाको अन्त्य हुनेछ । साथै, सानो तिनो कर्जा कारोबारको लागि बैंकमा उपस्थित हुनु पर्ने झन्झटको अन्त्य हुनेछ । बैंकले सञ्चालनमा ल्याएको फोन लोन सुविधा उपभोग गरी अधिकतम लाभ लिनुुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

पोखरा थन्डर्सको मार्की प्लेयरमा सुजल श्रेष्ठ अनुबन्ध Read Previous

पोखरा थन्डर्सको मार्की प्लेयरमा सुजल श्रेष्ठ अनुबन्ध

जोन्टा क्लबद्वारा प्रेरणादायी काम गर्ने १४ महिला सम्मानीत Read Next

जोन्टा क्लबद्वारा प्रेरणादायी काम गर्ने १४ महिला सम्मानीत