काठमाडौं । गत वर्षदेखि संचालनमा आएको हिमालयन रिइन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म साढे १२ करोड खुद नाफा कमाएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पुस मसान्तसम्म १२ करोड ४७ लाख ८८ हजार ५८५ रुपैयाँ खुद नाफा कमाएको हो ।
समीक्षा अवधिमा कम्पनीले कुल २० करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ भने खर्च ७ करोड ९५ लाख रुपैयाँ छ । इन्स्योरेन्सले पुस मसान्तसम्म २९ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
हाल ७ अर्ब चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा १२ करोड ८९ लाख रुपैयाँ संचित छ । यस्तै, बीमा कोषमा ४८ लाख र महाविपत्ति कोषमा ४ लाख ६० हजार रुपैयाँ छ ।
यस अवधिमा कम्पनीको अल्पकालीन लगानी तथा कर्जा ६ अर्ब ७६ करोड रुपैया रहेको छ भने १ अर्ब ९ करोड नगद मौज्दात रहेको छ ।पुस मसान्तसम्म कम्पनीले ३० करोड २९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम २ करोड ८१ लाख रुपैयाँ छ ।
हाल ७ अर्ब चुक्ता पूँजी रहेको कम्पनीले निकट भविष्यमै ३ अर्ब रुपैयाँ बराबरको प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने तयारी गरिरहेको छ । आइपीओ जारीपछि चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्ने छ ।