एनसीसी बैंकका ग्राहकले नारायणी अस्पतालमा १० प्रतिशत छुट पाउने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र चितवनको भरतपुरमास्थित नारायणी सामुदयिक अस्पतालमा बीच द्विपक्षीय सम्झौता भएको छ ।

 

बैंकका ग्राहक र कर्मचाहरुलाई अस्पतालमा थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो ।

 

यस सम्झौता अनुसार बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीले नारायणी अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण विक्री बाहेक) मा १० प्रतिशत छुट पाउने छन् ।

 

बैंकले हाल देशभरका १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

अब दैनिक १० किलो मात्रै सुन आयात गर्न पाइने Read Previous

अब दैनिक १० किलो मात्रै सुन आयात गर्न पाइने

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम झन्डै आधा सकियो, अब कति मिटर खन्न बाँकी छ ? Read Next

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम झन्डै आधा सकियो, अब कति मिटर खन्न बाँकी छ ?