रुस-युक्रेन युद्ध : अमेरिकाको तेल आपूर्ति चक्रमा कति असर ?

काठमाडौं । यति बेला संसारको सबैभन्दा ठूलो मुलुक रुसले छिमेकी देश युक्रेनमाथि आक्रणमण गरिरहेको छ । जसकारण संसारको ध्यान युक्रेन र रुसतर्फ केन्द्रित भएको छ । यसले विश्व भूराजनीतिमा तरंग त ल्याएको छ नै तेस्रो विश्व युद्धको त्राससमेत पैदा गरेको छ ।

 

रुसले युक्रेनका विभिन्न सहरमा आक्रमण तथा कब्जा गर्न थालेपछि सो तनाव दुई देशबीच मात्रै सीमित भएन । यसको विश्वव्यापी तरंग र आर्थिक मन्दीका बाछिटा देखिन थालेका छन् ।

 

विश्व राजनीति दुई धु्रवमा विभाजन भएसँगै पश्चिमा देशहरूले युक्रेनको समर्थनमा रुस विरुद्ध विभिन्न प्रतिबन्धात्मक घोषणाहरू गरिरहेका छन् । यसले रुसको अर्थतन्त्रमा मात्रै नभएर शक्तिशाली मुलुक अमेरिकाको आपूर्ति प्रणालीमा समेत समस्या ल्याएको छ ।

 

विश्वव्यापी कुल तेल आपूर्तिको ८ प्रतिशत रुसी निर्यातले ओगटेको छ । त्यसैले यदि बजार अवरुद्ध भयो भने, यसले अमेरिकालाई समेत असर गर्नसक्ने आकलन गरिएको छ ।

 

विश्वव्यापी आपूर्तिमा अवरोधहरूको चिन्ताका कारण अहिले तेलको मूल्य इतिहासकै उच्च स्थानमा पुगेको छ । कुल आपूर्तिको ८ प्रतिशत रुसी निर्यातबाट आउँछ । यो प्रतिबन्ध र आपूर्तिको चिन्तासँगै व्यापारीहरूलाई पहिले नै कडा बजारमा वैकल्पिक स्रोतहरू खोज्न अग्रसर गराएको छ ।

 

विश्वको सबैभन्दा ठूलो तेल उपभोक्ता अमेरिकामा अहिले ४ दशक यताकै मुद्रास्फीति चुलिएको छ । रुस विरुद्ध आफ्नो पक्षमा विश्व राष्ट्रहरूको समर्थन खोजिरहेको अमेरिकाको लागि बढ्दो मूल्य वशेष चिन्ताको विषय बनेको हो ।

 

अमेरिकाले रुसबाट कति तेल आयात गर्छ ?

 

रुसबाट अमेरिकाले तेल आयात गर्ने गरेको छ । यद्यपी, आपूर्तिको लागि यो देशमा धेरै निर्भर छैन् । अमेरिकी इन्धन र पेट्रोकेमिकल म्यानुफ्याक्चरर्स ट्रेड एशोसिएशनका अनुसार सन् २०२१ मा अमेरिकाले रुसबाट औसत २ लाख ९ हजार ब्यारेल प्रतिदिन कच्चा तेल र ५ लाख ब्यारेल अन्य पेट्रोलियम उत्पादनहरू आयात गरेको थियो ।

 

यो अमेरिकी कच्चा तेल आयातको ३ प्रतिशत र अमेरिकी रिफाइनरीहरूले प्रशोधित कुल कच्चा तेलको १ प्रतिशत हो । यसका साथै, अमेरिकाले सोही वर्ष आफ्नो कच्चा तेलको ६१ प्रतिशत क्यानडाबाट, १० प्रतिशत मेक्सिकोबाट र ६ प्रतिशत साउदी अरबबाट आयात गरेको थियो ।

 

एफपीएमका अनुसार सन् २०१९ मा अमेरिकाले भेनेजुएलाको तेल उद्योगमा प्रतिबन्ध लगाएपछि रुसी कच्चा तेलको आयात बढेको छ । इडाले मेक्सिको खाडीमा तेल उत्पादनमा अस्थायी रूपमा अवरोध पुर्याएपछि अमेरिकी रिफाइनरहरूले पनि गत वर्ष रुसी आयातलाई बढाएको थियो ।

 

रुसी तेल निर्यातमा प्रतिबन्धले अमेरिकालाई कसरी असर गर्छ ?

 

यसका प्रभावहरूलाई विश्लेषकहरूले दुई सम्भावित परिदृश्यहरूमा विभाजन गरेका छन् । पहिलो तेल आपूर्तिको चक्र र दोस्रो अमेरिकलाई त्यत्ति असर नगर्ने ।

 

ब्रिटिश कोलम्बिया विश्वविद्यालयको साउडर स्कूल अफ बिजनेसका प्रोफेसर एडम प्यान्क्रट्जले तेल आपूर्तिको प्रणालीमा कठोर समस्या आए अमेरिकासँग रणनीतिक पेट्रोलियम भण्डारण रहेको उनले बताए । यद्यपी, यो अमेरिकाको लागि विचार गर्न एक व्यापक आर्थिक प्रभाव बनेको छ ।

 

‘यदि अमेरिकाले रुसी तेल आयात बन्द गर्यो भने, अन्य धेरै देशहरूले पनि आयातमा रोक लगाउने छन् । यसले तरंगित बनेको तेल बजारमा धेरै प्रभाव पार्छ,’ प्याङ्क्रट्जले भने, ‘यसले तेलको मूल्य बढाउनेछ, जसले अमेरिकी अर्थतन्त्रलाई असर गर्न सक्छ ।’

 

अमेरिकी बैंक तथा व्यापारीक कम्पनीहरू पनि रुसी कम्पनीसँग आयात वा व्यापार गर्न कारबाहीमा पर्ने डरले जोखिम लिन चाहँदैनन् । अहिले रुससँगको कारोबारमा पश्चिमा देशहरूले नाकाबन्दी गरिरहेका छन् । जसको कारण मानिसहरू उक्त प्रतिबन्ध उलंघन गर्न सकिरहेका छैनन् ।

 

तेलको मूल्यले बाइडेनको राजनीतिमा कति असर ?

 

संयुक्त राज्यमा मुद्रास्फीति जनवरीमा ७.५ प्रतिशतको वार्षिक दरमा बढेको छ । श्रम तथ्यांक ब्यूरोका अनुसार जुलाई १९८२ पछिको यो सबैभन्दा तीव्र गतिको मूल्य वृद्धि हो ।

 

विश्लेशक मूडीजले हालै गरेको अध्ययन अनुसार औसत अमेरिकी घरपरिवारको लागि मासिक खर्चमा २७६ डलरले वृद्धिमा भइरहेको छ । पछिल्ले युक्रेन र रुसको युद्ध सो अवस्थालाई अझ खराब बनाउने सम्भावना बढेको उनीहरूको भनाइ छ ।

 

अमेरिकाको बढ्दो मूल्यले राष्ट्रपति जो बाइडेनको अनुमोदन मूल्यांकन तथ्यांकलाई झड्का दिएको छ । मुद्रास्फीतिमा थप वृद्धिले नोभेम्बरमा महत्वपूर्ण मध्यावधि चुनाव अघि राष्ट्रपतिको अडानलाई अझ कमजोर बनाउने विश्लेषकहरूले बताइरहेका छन् ।

 

बढ्दो मुद्रास्फीतिले ठूलो राजनीतिक परिणाम निम्त्याउन सक्ने प्यान्क्रट्जले बताए । ‘मानिसहरूले हाम्रो भान्साको समस्यालाई के भन्छौं भनेर मतदान गर्ने झुकाव राख्छन्,’ प्यान्क्रट्ज भन्छन्, ‘ग्यासको मूल्य कति छ ? हामी छुट्टीमा जान कति खर्च गर्न सक्छौं? परिवारहरूले आफैलाई सोधिरहेका छन् कि तिनीहरू यस वर्ष धनी छन् ।’

 

यस सन्दर्भमा मुद्रास्फीति एक गम्भीर आर्थिक मात्र नभएर बाइडेन र उनको प्रशासनको लागि समस्या हुन सक्ने उनको भनाइ छ ।

 

घाटा बढेपछि निगमद्धारा कर्मचारीको पोशाक खर्च कटौती, विक्रेता कमिसन यथावत Read Previous

घाटा बढेपछि निगमद्धारा कर्मचारीको पोशाक खर्च कटौती, विक्रेता कमिसन यथावत

स्थानीय तह चुनावका लागि ८ अर्ब बजेटको सुनिश्चितता Read Next

स्थानीय तह चुनावका लागि ८ अर्ब बजेटको सुनिश्चितता