घाटा बढेपछि निगमद्धारा कर्मचारीको पोशाक खर्च कटौती, विक्रेता कमिसन यथावत

काठमाडौं । पेट्रोलियम पदार्थको विक्रीबाट चर्को घाटा व्यहोरेको नेपाल आयल निगमले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गरेको छ ।

 

निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले घाटा न्यूनीकरणमा कर्मचारीका तर्फबाट योगदान गर्ने उद्देश्यले पोशाक संरक्षण भत्ता कटौती गरेको हो ।

 

सञ्चालक समितिको निर्णयसँगै निगमका स्थायी कर्मचारीले पोशाक संरक्षण भत्ता पाउने छैनन् । पोशाक संरक्षण खर्च कटौती भएपछि वार्षिक करिब ५० लाख रुपैयाँ खर्च न्यूनीकरण हुने निगमले जनाएको छ ।

 

यस्तै निगमले विक्रेता कमिसन पनि हाललाई स्थगित गर्ने निर्णय गरेको छ । यसबाट पेट्रोलियम पदार्थको मूल्य बढेपनि विक्रेताले कमिसन बापतको अतिरिक्त मूल्य पाउने छैनन् ।

 

यही फागुन ७ गतेको मूल्यमा आधारित कमिसन मात्र विक्रेताले प्राप्त गर्ने निगमले जनाएको छ । कमिसन नबढेपछि निगमको लागत केही हदसम्म घटेको छ । विक्रेताले मूल्य संरचनामा आधारित रहेर प्रतिलिटरको कायम मूल्यको करिब ३.३९ प्रतिशत कमिसन पाउँदै आएका छन् ।

निगमले फेरि बढायो इन्धनको भाउ, पेट्रोलको मूल्य इतिहासकै उच्च, प्रतिलिटर कति पुग्यो ? Read Previous

निगमले फेरि बढायो इन्धनको भाउ, पेट्रोलको मूल्य इतिहासकै उच्च, प्रतिलिटर कति पुग्यो ?

रुस-युक्रेन युद्ध : अमेरिकाको तेल आपूर्ति चक्रमा कति असर ? Read Next

रुस-युक्रेन युद्ध : अमेरिकाको तेल आपूर्ति चक्रमा कति असर ?