निगमले फेरि बढायो इन्धनको भाउ, पेट्रोलको मूल्य इतिहासकै उच्च, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । दुई साता अघि भाउ बढाएको निगमले इन्डियन आयल कर्पोरेशनले इन्धनको मूल बढाएर पठाएसँगै फेरि बढाएको हो ।

 

निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५रुपैयाँ भाउ बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १५० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १३३ रुपैयाँ कायम गरिएको छ । यो इतिहासकै सर्वाधिक महँगो हो ।

 

यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

 

रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढ्दा बाध्य भएर नेपालमा पनि मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।

 

भाउ बढाउँदा पनि आगामी १५ दिनमा करिब २ अर्ब ५० करोड घाटा हुने निगमको प्रक्षेपण छ ।

त्रिभुवन विमानस्थलमा 'क्यालिब्रेसन फ्लाइट' गर्दा आधा दर्जन जहाज आकाशमै होल्ड Read Previous

त्रिभुवन विमानस्थलमा 'क्यालिब्रेसन फ्लाइट' गर्दा आधा दर्जन जहाज आकाशमै होल्ड

घाटा बढेपछि निगमद्धारा कर्मचारीको पोशाक खर्च कटौती, विक्रेता कमिसन यथावत Read Next

घाटा बढेपछि निगमद्धारा कर्मचारीको पोशाक खर्च कटौती, विक्रेता कमिसन यथावत