त्रिभुवन विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ गर्दा आधा दर्जन जहाज आकाशमै होल्ड

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुँदा जहाज आकाशमै होल्ड भएका छन् ।

 

अहिले एरो थाईको जहाजले क्यालिब्रेशन फ्लाइट गरिरहेकाले विदेश तथा नेपालका विभिन्न गन्तव्यबाट आएका जहाज काठमाडौंको आकाशमा होल्ड भएका हुन् ।

 

त्रिभुवन विमानस्थलको आकाशमा अहिले एरो थाईको जहाजले फन्को मार्दै परीक्षण गरिरहेको छ । जसका कारण आधादर्जन जहाज होल्ड भएका छन् ।

 

अहिले काठमाडौंको आकाशमा दोहाबाट आएको कतार एयरवेज, भारतको दिल्लीबाट आएको एयर इन्डिगो, दुबईबाट आएको एयर अरेबियाको जहाज आकाशमै घुमिरहेका छन् ।नेपालका विभिन्न गन्तव्यबाट आएका बुद्ध एयर, यती एयरलाइन्स लगायतका जहाज आकाशमै होल्ड भएका छन् ।

 

त्रिभुवन विमानस्थलमा धावनमार्ग विस्तार भएपछि पहिलो पटक यान्त्रिक उपकरण जडित जहाजबाट परीक्षण उडान गरिएको हो ।

कोरोनाका बीच विदेशी पर्यटक दोब्बरले बढे, कुन देशबाट कति आए ? Read Previous

कोरोनाका बीच विदेशी पर्यटक दोब्बरले बढे, कुन देशबाट कति आए ?

निगमले फेरि बढायो इन्धनको भाउ, पेट्रोलको मूल्य इतिहासकै उच्च, प्रतिलिटर कति पुग्यो ? Read Next

निगमले फेरि बढायो इन्धनको भाउ, पेट्रोलको मूल्य इतिहासकै उच्च, प्रतिलिटर कति पुग्यो ?