कोरोनाका बीच विदेशी पर्यटक दोब्बरले बढे, कुन देशबाट कति आए ?

काठमाडौं । कोरोना महामारीका बाबजूद नेपाल भित्रने विदेशी पर्यटकको संख्या दोब्बरले बढेको छ ।

 

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को दोस्रो महिना (फेब्रुअरी)मा १९ हजार ७६६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी अर्थात् ११६.१ प्रतिशत बढी हो । सन् २०२१ को फेब्रुअरीमा ९ हजार १४६ पर्यटक नेपाल भित्रिएका थिए ।

 

सन् २०२२ को दुई महिनामा कुल ३७ हजार ७४१ जना पर्यटक नेपाल आएका छन् । जसमा जनवरीमा महिनामा १७ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

 

बोर्डका अनुसार फेब्रुअरीमा नेपाल आउने पर्यटकमा भारतीयको संख्या सबैभन्दा धेरै छ । भारतबाट ५ हजार ९९८ जना नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका रहेको छ । यस अवधिमा अमेरिकाबाट ३ हजार ६१४ जना नेपाल आएका छन् ।

 

त्यसैगरी, बेलायतबाट मात्र २ हजार २१७,, अष्ट्रेलियाबाट १ हजार ५२, बंगलादेशबाट ८८८, जर्मनीबाट ६४२, फ्रान्सबाट ५२९, नेदरल्याण्ड्सबाट २५२, चीनबाट २०५ स्पेनबाट १८०, र बेल्जियमबाट १७९ र रुसबाट १४७ जना विदेशी नागरिक नेपाल आएका छन् ।

 

अब यी ५ लघुवित्तको मात्र लाभांश घोषणा हुन बाँकी Read Previous

अब यी ५ लघुवित्तको मात्र लाभांश घोषणा हुन बाँकी

त्रिभुवन विमानस्थलमा 'क्यालिब्रेसन फ्लाइट' गर्दा आधा दर्जन जहाज आकाशमै होल्ड Read Next

त्रिभुवन विमानस्थलमा 'क्यालिब्रेसन फ्लाइट' गर्दा आधा दर्जन जहाज आकाशमै होल्ड