अब यी ५ लघुवित्तको मात्र लाभांश घोषणा हुन बाँकी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत ५० लघुवित्तमध्ये अब ५ वटा लघुवित्तले मात्रै गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी छ ।

 

हालसम्म सूचीकृत ४५ लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । तीमध्ये ४१ वटाले साधरण सभाबाट पारित समेत गरिसकेका छन् भने ४ वटाको साधरण सभा हुन बाँकी छ ।

 

हालसम्म लाभांश घोषणा गर्न बाँकी लघुवित्तहरुमा मानुषी लघुवित्त, ग्रामीण विकास, समाज लघुवित्त, घोडाघोडी र विन नेपाल लघुवित्त रहेका छन् ।

 

लाभांश घोषणा गरेका ४५ लघुवित्तमध्ये सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तीय संस्थाले गरेको छ । जीवन विकासले गत आवको मुनाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

यस्तै, सबैभन्दा कम लाभांश एनआइसी एशिया लघुवित्त रहेको छ । एनआइसीले गत वर्षको नाफाबाट ५.४१ प्रतिशत नगद लाभांश दिएको छ ।

 

४ लघुवित्तको सेयर किन्दा अझै पाइन्छ लाभांश

 

लाभांश घोषणा गरेकामध्ये ४ लघुवित्तको सेयर किन्दा अझै प्रस्तावित लाभांश पाइन्छ । जीवन विकास, आरम्भ चौतारी, नयाँ सारथी र किसान लघुवित्तले साधरण सभा प्रयोजनका लागि बुकक्लोज गरेका छैनन् ।

 

तसर्थ, अझै सेयर किन्दा जीवन विकासको ७३.६८, आरम्भ चौतारीको २१, नयाँ सारथीको २० र किसान लघुवित्तको २५ प्रतिशत लाभांश पाइन्छ ।

 

'नो अब्जेक्सन' नआउँदा सुरू हुन सकेन नागढुंगा-मुग्लिन सडक विस्तार Read Previous

'नो अब्जेक्सन' नआउँदा सुरू हुन सकेन नागढुंगा-मुग्लिन सडक विस्तार

कोरोनाका बीच विदेशी पर्यटक दोब्बरले बढे, कुन देशबाट कति आए ? Read Next

कोरोनाका बीच विदेशी पर्यटक दोब्बरले बढे, कुन देशबाट कति आए ?