काठमाडौं । कामना सेवा विकास बैंकले चितवनमा थप तीनवटा शाखा विस्तार गरेको छ । बैंकले चितवनको खैरहनी नगरपालिका–८, पर्सा बजार, कालिका नगरपालिका–४, पदमपुर र भरतपुर महानगरपालिका–२५, अमृतचोकमा शाखा विस्तार गरेको हो ।
बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अरू सहरी क्षेत्रहरूमा समेत शाखा विस्तार गर्दै जाने बैंकको लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
बैंकले हाल १३२ शाखा, एक विस्तारित काउन्टर, ४ शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।