चेल्सी फुटबल क्लब बेच्दै रुसी अर्बपति अब्रामोभिच, मूल्य कति ?

काठमाडौं । चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिचले क्लब विक्री गर्ने योजना बनाएको बताएका छन्। प्रिमियर लीग क्लबको वेबसाइटमा राखिएको एउटा वक्तव्यमा रुसी व्यापारी अब्रामोभिचले ‘एकदमै कठिन निर्णय लिएको’ र त्यसले ‘पीडा दिएको’ उल्लेख गरेका छन्।

 

क्लब विक्रीमार्फत हुने मुनाफा युक्रेन-रुस युद्धका पीडितलाई दान गर्ने उनले बताएका छन्। युक्रेनमाथि रुसी आक्रमणपछि अब्रामोभिचले चेल्सी सम्हाल्ने जिम्मेवारी त्यसका संरक्षकहरूलाई दिने शनिबार बताएका थिए।

 

कति मूल्य छ ?

 

उनको त्यो भनाइपछि चेल्सी अब विक्रीमा राखिने अड्कलबाजी सुरु भएको थियो। अब्रामोभिचले डेढ अर्ब पाउन्ड स्टर्लिङ ऋण लिएका छन्। अर्बपति भिस हान्सयोर्कले बुधबार स्वीस पत्रिका ब्लिकसँग कुरा गर्दै आफूलाई चेल्सी क्लब खरिद गर्न प्रस्ताव गरिएको बताएका थिए। भिसका अनुसार रुसी संसद्‌मा प्रतिबन्ध लगाइने चेतावनी दिइएपछि अब्रामोभिचले चेल्सीबाट ‘छिट्टै उन्मुक्ति’ चाहेको बताएका छन्।

 

५५  वर्षीय अब्रामोभिचको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गहिरो सम्बन्ध रहेको बताइन्छ। तर उनले त्यो अस्वीकार गर्दै आएका छन्। उनले क्लब विक्री गरेर हुने ‘सबै मुनाफा युक्रेनमा युद्धबाट पीडित भएका मानिसहरूलाई दान दिनेू बताएका छन्।

 

बीबीसी स्पोर्ट्सका अनुसार चेल्सी खरिदका लागि अब्रामोभिचले प्रस्ताव पाइसकेका छन्। उनले क्लबको मूल्य ३ अर्ब पाउन्ड स्टर्लिङ (१६३ अर्ब नेपाली रुपैयाँ राखेको बताइन्छ। वक्तव्यमा अब्रामोभिचले भनेका छन्, ‘मैले सधैँ मनमा क्लबको भलो सोचेर निर्णयहरू लिने गरेको छु।”अहिलेको अवस्थामा मैले क्लब बेच्ने निर्णय लिएको छु जुन निर्णय क्लब, प्रशंसक, कर्मचारी र प्रायोजक तथा साझेदारको समेत हितमा रहेको मेरो विश्वास छ।’

 

‘क्लबको विक्री द्रुत गतिमा नभई प्रक्रियाअनुरूप नै हुनेछ। कुनै ऋण तिर्न भन्ने छैन।”मैले मेरो टोलीलाई एउटा परोपकारी संस्था खडा गर्न भनेको छु जसमार्फत सबै मुनाफा दान गरिनेछ। यो संस्था युक्रेनमा युद्धबाट पीडित भएका मानिसहरूका लागि हुनेछ।’ सन् २००३ मा अब्रामोभिचले १४ करोड पाउन्ड स्टर्लिङमा खरिद गरेका थिए।-बीबीसी 

 

 

आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा निःशुल्क घुम्ने टिकट पाइने Read Previous

आइएमई पेबाट यती एयरलाइन्सको टिकट काट्दा निःशुल्क घुम्ने टिकट पाइने

कामना सेवाले चितवनमा संचालनमा ल्यायो थप ३ नयाँ शाखा Read Next

कामना सेवाले चितवनमा संचालनमा ल्यायो थप ३ नयाँ शाखा