अधुरा आयोजना पूरा गर्न वाग्मती प्रदेशले साढे ४ करोड दिने

काठमाडौं । वाग्मती प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले स्थानीय तहवाट कार्यान्वयन भइरहेको अधुरा योजनाका लागि समपुरक योजना अनुरुप ४ करोड ६८ लाख ४५ हजार रुपैयाँ भुक्तानी दिने निर्णय गरेको छ ।

 

बुधबार साँझ बसेको बैठकले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।

 

साथै बैठकले प्रदेश सरकारको सार्वजनिक खर्चको मापदण्ड २०७८ समेत पारित गरी कार्यविधिसमेत बनाएको जनाएको छ ।

 

यसैगरी बैठकले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत भइरहेको कामलाई अख्तियारी दिने पनि निर्णय भएको बताइएको छ ।

कामना सेवाले चितवनमा संचालनमा ल्यायो थप ३ नयाँ शाखा Read Previous

कामना सेवाले चितवनमा संचालनमा ल्यायो थप ३ नयाँ शाखा

'नो अब्जेक्सन' नआउँदा सुरू हुन सकेन नागढुंगा-मुग्लिन सडक विस्तार Read Next

'नो अब्जेक्सन' नआउँदा सुरू हुन सकेन नागढुंगा-मुग्लिन सडक विस्तार