अब भिजिट भिसामा विदेश जान १० लाख आम्दानी हुनुपर्ने, ५ लाख बचत अनिवार्य

काठमाडौं । अब भिजिट भिसामा विदेश जान वार्षिक १० लाख रुपैयाँ आम्दानी र ५ लाख रुपैयाँ नगद मौज्दात हुनुपर्ने भएको छ । सरकारले भिजिट भिसामा विदेश जान कडाइ गर्न यस्तो व्यवस्था गर्न लागेको हो ।

 

भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले भिजिट भिसामा विदेश जान कम्तिमा पनि हरेक वर्षमा १० लाख रुपैयाँ आम्दानी हुनुपर्ने प्रावधान ल्याउने तयारी गरेको हो ।

 

यो प्रतिवेदन कार्यविधि बनाएपछि कार्यान्वयनमा आउनेछ । प्रतिवेदनमा आम्दानी सँगसँगै कम्तिमा ५ लाख रुपैयाँ नगद मौजदात हुनुपर्ने प्रावधानसमेत उल्लेख गरिएको छ । सरकारको नयाँ व्यवस्थाले न्यून आय भएका नेपाली भिजिट भिसामा विदेश जानबाट रोकिने देखिन्छ ।

 

कागजात सामान्यरुपमा शंकास्पद देखिएको तर फर्जी हो भन्ने यकिन गर्न नसक्ने भएका यात्रुलाई प्रस्थान अनुमति दिई छानबिनका लागि कागजान विभागमा पठाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

 

अस्पताल वा शिक्षण संस्थाको कार्यक्रमको अनुभव आदानप्रदान वा ट्राभल एजन्सीले प्रस्थान हुनुअघि अध्यागमन विभागमा लिखित अनुरोध गरी फर्काउने कब्बुलियतनामा गरी सम्बन्धित निकायले जिम्मेवारी लिने भएमा टुर प्याकेज, शैक्षिक भ्रमण कार्यक्रम अथवा यस्तै प्रकृतिको अन्य कार्यक्रमको सन्दर्भमा विभागको निर्णयअनुसार हुने प्रतिवेदनमा भनिएको छ।

आन्तरिक रेमिट्यान्समा राष्ट्र बैंकको अंकुश, अब एकदिनमा २५ हजार मात्र पठाउन पाइने Read Previous

आन्तरिक रेमिट्यान्समा राष्ट्र बैंकको अंकुश, अब एकदिनमा २५ हजार मात्र पठाउन पाइने

आज सेयर बजार बन्द हुने Read Next

आज सेयर बजार बन्द हुने