आन्तरिक रेमिट्यान्समा राष्ट्र बैंकको अंकुश, अब एकदिनमा २५ हजार मात्र पठाउन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (रेमिट्यान्स)को सीमा घटाएको छ । केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो ।

 

राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्नेसम्बन्धमा एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन रु २५ हजारसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ ।

 

यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा १ लाख रुपैयाँसम्म थियो । केन्द्रीय बैंकले विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन नगरिएको जनाएको छ ।

 

अब पोखराबाट धनगढी ५५ मिनेटमै पुगिने, कति लाग्छ भाडा ? Read Previous

अब पोखराबाट धनगढी ५५ मिनेटमै पुगिने, कति लाग्छ भाडा ?

अब भिजिट भिसामा विदेश जान १० लाख आम्दानी हुनुपर्ने, ५ लाख बचत अनिवार्य Read Next

अब भिजिट भिसामा विदेश जान १० लाख आम्दानी हुनुपर्ने, ५ लाख बचत अनिवार्य