काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले पर्यटकीय नगरी पोखराबाट सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी सिधा उडान सुरू गरेको छ ।
पछिल्लो समय अन्तर प्रदेश हवाई सेवा विस्तारमा आक्रमक भएको बनेको बुद्धले बुधबारदेखि हवाई सेवा मार्फत गण्डकी र सुदूरपश्चिम प्रदेश जोडेको हो ।
उक्त रुटमा हप्ताको ३ दिन हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयरले जनाएको छ । पोखराबाट धनगढी साताको हरेक आइतबार, बुधबार र शुक्रबार उडान हुने कम्पनीले जनाएको छ ।
पोखरादेखि धनगढीसम्मको भाडादर ६ हजार ९०० रुपैयाँदेखि १२ हजार २४० रुपैयाँसम्म तोकिएको बुद्ध एयरले जनाएको छ ।
स्थलमार्ग हुँदै पोखरादेखि धनगढी पुग्न १८ घण्टाभन्दा बढी समय लाग्ने गरेकोमा अब हवाई मार्गबाट भने ५५ मिनेटमै पुग्न सकिन्छ ।
बुद्धले हाल वीचक्राफ्ट, एटिआर(४२, एटीआर(७२ लगायत विभिन्न सिरिजका १६ वटा जहाजमार्फत देशका विभिन्न गन्तव्यमा उडान भर्दै आइरहेको छ ।