चन्द्रागिरि हिल्सको कम्बो प्याकेज : १४९९ रुपैयाँ केबलकार, जिपलाइन र लञ्चसम्म

काठमाडौं । चन्द्रागिरि हिल्सले आकर्षक कम्बो प्याकेज ल्याएको छ । कम्पनीले आन्तरिक पर्यटकलाई लक्षित गर्दै यस्तो प्याकेज ल्याएको छ ।

 

यस प्याकेज अनुसार १ हजार ४९९ रुपैयाँमा केबलकारको दुईतर्फी टिकट, जिपलाइन र टप स्टेशनमा लञ्च (सेटअप मेनु) उपलब्ध गराउने कम्पनीले जनाएको हो ।

 

यो प्याकेज नेपाली नागरिहहरुका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न अवसरमा आकर्षक प्याकेज ल्याउँदै आएको छ ।

 

कम्पनीले ऐतिहासिक तथा पर्यटकीय स्थान काठमाडौंको चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

 

कम्पनीले उक्त स्थानमा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, रिर्सोट, जिपलाइन, स्वी लगायत संचालन गरिरहेको छ ।

दुर्गमका विद्यार्थीलाई सरकारले निःशुल्क इन्डक्सन चुल्हो दिने, आवेदन माग Read Previous

दुर्गमका विद्यार्थीलाई सरकारले निःशुल्क इन्डक्सन चुल्हो दिने, आवेदन माग

नेप्सेमा उच्च अंकको गिरावट, कुन-कुन कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक ? Read Next

नेप्सेमा उच्च अंकको गिरावट, कुन-कुन कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक ?