नेप्सेमा उच्च अंकको गिरावट, कुन-कुन कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । गत बुधबारदेखि ओरालो लागेको बजारले आज पनि सोही लय समातेको हो ।

 

अमेरिकी अनुदान सहायता एमसीसी सदनबाट पारितभएसँगै लगानीकर्ता उत्साहित हुने आकलन गरिए पनि नेप्सले भने उल्टो यात्रा तय गरेको छ ।

 

बुधबार नेप्से परिसूचक ६३.९८ अंकले घटेर बन्द भएको छ । सूचकमा ठूलो गिरावट आएसँगै कारोबार रकम पनि घटेको छ । बुधबार नेप्से ६३.९८ अंकले घटेर २५४६.६० विन्दुमा आइपुगेको छ । आज २२८ कम्पनीको ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँ बराबरको ७६ लाख ५२ हजार २०४ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.६५ प्रतिशतले घटेको छ । त्यस्तै, म्यानुफ्याक्चर,हाइड्रोपावर,लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट कम्पनी समूहको परिसूचक पन तीन प्रतिशत बढीले घटेको छ ।

 

कारोबार भएका २२८ कम्पनीमध्ये जम्मा ३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड बढीको सेयर किनबेच भएको छ ।

 

यस्तै, नेपाल दुरसंञ्चार कम्पनी र अरुण भ्याल्ली हाईड्रोपावरको १४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

 

अपी पावर कम्पनीको १३ करोड र शिभम् सिमेन्टको १२ करोड बढीको कारोबार हुँदै शीर्ष पाँच कम्पनीमा रहे ।

 

आज रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक ४ प्रतिशतले सेयर मूल्य बढेको छ । गुमाउनेमा हिमालयन जेनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले सार्वाधिक ८.२६ प्रतिशतले गुमाएका छन् ।

 

यसैगरी, युनाइटेड आइडिआई मार्दि हाईड्रोपावरको ६.६८, न्यादी समूह ६.१, नेशनल हाईड्रोपावर र समलिङ पावर कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

 

चन्द्रागिरि हिल्सको कम्बो प्याकेज : १४९९ रुपैयाँ केबलकार, जिपलाइन र लञ्चसम्म Read Previous

चन्द्रागिरि हिल्सको कम्बो प्याकेज : १४९९ रुपैयाँ केबलकार, जिपलाइन र लञ्चसम्म

प्रधानमन्त्री रोजगार कार्यक्रम : ७ लाख बेरोजगार सूचीकृत, जम्मा ३४ हजारले पाए काम Read Next

प्रधानमन्त्री रोजगार कार्यक्रम : ७ लाख बेरोजगार सूचीकृत, जम्मा ३४ हजारले पाए काम