चन्द्रागिरि हिल्सको शिवरात्रि अफर : केबलकार टिकटमा २५ प्रतिशत छुट

काठमाडौं । चन्द्रागिरि हिल्सले महाशिवरात्रिको अवसरमा केबलकार टिकटमा २५ प्रतिशत छुट दिने भएको छ । कम्पनीले शिवरात्रिका दिन भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शनार्थीहरुलाई लक्षित गर्दै यस्तो अफर ल्याएको हो ।

 

हाल चन्द्रागिरि केबलकारको दुईतर्फि टिकटको मूल्य ७०० रुपैयाँ रहेको छ । आज उक्त केबलकार चढ्नेले २५ प्रतिशत अर्थात् १७५ रुपैयाँ छुट पाउनेछन् ।

 

कम्पनीले ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा हिल्सले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट, जिपलाइन लगायतका पूर्वाधार निर्माण गरी चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

डिम्याट खाता खोल्ने ५० लाख नाघे, आधाले मात्रै भर्छन् आइपीओ Read Previous

डिम्याट खाता खोल्ने ५० लाख नाघे, आधाले मात्रै भर्छन् आइपीओ

उड्दै गरेको हेलिकोप्टरमै छोरा जन्माएपछि... Read Next

उड्दै गरेको हेलिकोप्टरमै छोरा जन्माएपछि...