उड्दै गरेको हेलिकोप्टरमै छोरा जन्माएपछि…

कर्णाली । सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुका गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकी छिन् ।

 

मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएको चालक प्रमुख सेनानी रचन श्रेष्ठलाई उद्दृत गर्दै सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्डका सेनानी बेलिना मल्लले जानकारी दिइन् ।

 

उनका अनुसार बच्चा उल्टो भएर सुत्केरी हुन नसकेपछि रावललाई सुर्खेतदेखि हेलिकप्टरबाट उद्धार गरिएको थियो । ‘सुत्केरी रावललाई १८ घण्टा लामोसमयसम्म व्यथा लागेर छट्पटिएको अवस्थामा हेलिकप्टरबाट उद्धार गरिएको हो,’ उनले भनिन्, ‘थप उपचारका कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएका आमा छोरा दुवैको स्वास्थ्य अहिले सामान्य रहेको छ ।’ रासस

चन्द्रागिरि हिल्सको शिवरात्रि अफर : केबलकार टिकटमा २५ प्रतिशत छुट Read Previous

चन्द्रागिरि हिल्सको शिवरात्रि अफर : केबलकार टिकटमा २५ प्रतिशत छुट

तराईका जिल्लामा मौलाउँदै घरजग्गा कारोबार, यी १० ठाउँ रोजाइमा Read Next

तराईका जिल्लामा मौलाउँदै घरजग्गा कारोबार, यी १० ठाउँ रोजाइमा