अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ८ वर्षयताकै उच्च, नेपालमा कस्तो पर्ला प्रभाव ?

काठमाडौं । रुस-युक्रेन तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ह्वात्तै बढेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा ‘सैन्य कारबाही’ घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ८ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो।

 

तेलको मूल्य एक्कासी बढेर प्रतिब्यारल १०० डलर पुगेको हो। हिजो प्रतिव्यारेल ९५ डलर रहेको तेलको भाउ एकैदिन ५ डलरले बढेको हो । यसअघि सन् २०१४ को सेप्टेम्बरमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिव्यारेल १०२.४८ डलर पुगेको थियो ।

 

विश्वकै दोस्रो ठूलो तेल उत्पादक रसियालाई अमेरिका, युरोपेली युनियन लगायतले नाकाबन्दी लगाएपछि आपूर्ति अवरुद्ध हुँदा तेलको मूल्य एक्कासी बढेको हो ।

 

साथै, दुई मुलुक बीच युद्ध चर्किने देखिएपछि ठूला लगानीकर्ताहरुले सुरक्षित लगानीका रुपमा तेलमा लगानी गर्न थाल्दा मूल्य आकाशिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

 

ठूला लगानीकर्ताहरु सुरक्षित लगानीका क्षेत्रहरु तेल, सुन, डलरमा लगानी गर्न थालेको बताइएको छ । जसले सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ भने अमेरिकी डलर र जापानी येन बलियो भइरहेका छन्।

 

अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्य बढेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ । नेपालमा शतप्रतिशत तेल विदेशबाटै आयात हुने भएकाले अन्तर्राष्ट्रिय बजारको प्रभाव यहाँ पनि पर्ने देखिन्छ ।

 

यसैपनि नेपालमा पछिल्लो ६ महिना यता लगातार तेलको मूल्य भाउ बढाउँदै आइएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको भाउ बढेपछि नेपालमा पनि बढ्ने देखिन्छ ।

 

एमसीसीबारे छलफल हुने दिन अर्थमन्त्री शर्मा २५५ मिटर अग्लो स्काइ क्याफेमा Read Previous

एमसीसीबारे छलफल हुने दिन अर्थमन्त्री शर्मा २५५ मिटर अग्लो स्काइ क्याफेमा

अर्काको जग्गा आफ्नो भनी नक्कली पूर्जा देखाएर ३३ लाख ठगी Read Next

अर्काको जग्गा आफ्नो भनी नक्कली पूर्जा देखाएर ३३ लाख ठगी