अर्काको जग्गा आफ्नो भनी नक्कली पूर्जा देखाएर ३३ लाख ठगी

काठमाडौं । नक्कली पूर्जा देखाएर एक व्यक्तिले जग्गाको बैनासमेत गरी ३३ रुपैयाँ लाख ठगी गरेका छन् । ठगी गर्नेमा ओखलढुङ्गा घर भई हाल बूढानीलकण्ठ नगरपालिका-११ कपन बस्दै आएका ३९ वर्षीय हितबहादुर बुढाथोकी रहेका छन् ।

 

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरका अनुसार बुढाथोकीले साँखुस्थित कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना ३५ रुपैयाँ लाखमा दिन्छु भनी प्रलोभनमा पारी ठगी गरेका छन् ।

 

पीडितलाई जग्गाको पूर्जा र नक्साको प्रतिलिपी दिई ३५ दिनमा पास गरिदिन्छु भन्दै आश्वासन दिएर रु ३३ लाख लिएर जग्गा बैनाको कागज बनाएको खुल्न आएको कुँवरले बताए ।

 

तोकिएको समयमा जग्गा पास नगरेपछि मालपोत कार्यालय साँखुमा बुझ्दा उक्त जग्गा हितबहादुरको नाममा नभएको खुलेपछि मात्रै पीडितले ठगीमा परेको थाहा पाएका थिए । पीडितले उजुरी दिएपछि महाशाखाले बुढाथोकीलाई पक्राउ गरेको हो ।

 

उनले अन्य व्यक्तिको नाममा भएको जग्गा आफ्नो भनी नक्कली कागज बनाएर ठगी गरेको पाइएको छ । बुढाथोकीलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसरको जिम्मा लगाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ८ वर्षयताकै उच्च, नेपालमा कस्तो पर्ला प्रभाव ? Read Previous

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ८ वर्षयताकै उच्च, नेपालमा कस्तो पर्ला प्रभाव ?

धमाधम कालोपत्र हुँदै बलेवा विमानस्थल, कहिलेबाट हुन्छ उडान ? Read Next

धमाधम कालोपत्र हुँदै बलेवा विमानस्थल, कहिलेबाट हुन्छ उडान ?