काठमाडौं। राष्ट्र बैंक बैंकले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) लाई स्रोत परिचालनमा सहजता गरिदिएको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत गरिएका व्यवस्था कार्यन्वयन गर्न एक निर्देशन जारी गर्दै निफ्रालाई उर्जा ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको हो।
नयाँ व्यवस्था अनुसार निफ्राले अब आफ्नो प्राथमिक पूँजीको शतप्रतिशतसम्म डिभेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्न पाउने छ।
तर, यसका लागि राष्ट्र बैंकले विभिन्न शर्तहरु तोकेको छ । बैंकले ऋणपत्र जारी गर्दा नै पूजी कोषको अंगको रुपमा हो वा स्रोत परिचालनमा गणना गर्नका लागि हो भनेर खुलाउनु पर्ने हुन्छ।
राष्ट्र बैंकले यसअघि वाणिज्य बैंकहरुको हकमा पनि यस्तै व्यवस्था गरेको थियो । स्रोत परिचालनमा गणना हुने गरी ऋणपत्र जारी गरेमा भुक्तानी कोषमा रकम जम्मा गर्नु पर्दैन।
त्यस्तै, कुनै आर्थिक वर्षमा ५ पूर्ण आर्थिक वर्षभन्दा बढि भुक्तानी अवधि बाँकी रहेको ऋणपत्र वापत भुक्तानी कोषमा जम्मा गर्नु पर्ने रकम बराबर बोनस सेयर जारी गरेमा त्यो आर्थिक वर्ष भुक्तानी कोक्षमा रकम जम्मा गर्नु पर्दैन।
यस्ता छन् थप व्यवस्थाहरु