५ लघुवित्तको लाभांश घोषणा हुन बाँकी, यी ४ वटाको सेयर किन्दा अझै पाइन्छ लांभाश, कुनको कति ?

Advertisement Section

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत ५० लघुवित्तमध्ये अब ५ वटा लघुवित्तले मात्रै गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी छ ।

 

हालसम्म सूचीकृत ४५ लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । तीमध्ये ४१ वटाले साधरण सभाबाट पारित समेत गरिसकेका छन् भने ४ वटाको साधरण सभा हुन बाँकी छ ।

 

हालसम्म लाभांश घोषणा गर्न बाँकी लघुवित्तहरुमा मानुषी लघुवित्त, ग्रामीण विकास, समाज लघुवित्त, घोडाघोडी र विन नेपाल लघुवित्त रहेका छन् ।

 

लाभांश घोषणा गरेकामध्ये ४ लघुवित्तको सेयर किन्दा अझै प्रस्तावित लाभांश पाइन्छ । जीवन विकास, आरम्भ चौतारी, नयाँ सारथी र किसान लघुवित्तले साधरण सभा प्रयोजनका लागि बुकक्लोज गरेका छैनन् । तसर्थ, अझै सेयर किन्दा जीवन विकासको ७३.६८, आरम्भ चौतारीको २१, नयाँ सारथीको २० र किसान लघुवित्तको २५ प्रतिशत लाभांश पाइन्छ ।

 

लाभांश घोषणा गरेका ४५ लघुवित्तमध्ये सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तीय संस्थाले गरेको छ । जीवन विकासले गत आवको मुनाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

यस्तै, सबैभन्दा कम लाभांश एनआइसी एशिया लघुवित्त रहेको छ । एनआइसीले गत वर्षको नाफाबाट ५.४१ प्रतिशत नगद लाभांश दिएको छ ।

Advertisement Section
‘वेस्टर्न कल्चर’ बुझेर नेपाल फर्किएका दिदीबहिनीको नयाँ सोच ‘विहे नेपाल’ Read Previous

‘वेस्टर्न कल्चर’ बुझेर नेपाल फर्किएका दिदीबहिनीको नयाँ सोच ‘विहे नेपाल’

निफ्राले ऊर्जा ऋणपत्र जारी गरी हाइड्रोपावरमा लगानी गर्न पाउने Read Next

निफ्राले ऊर्जा ऋणपत्र जारी गरी हाइड्रोपावरमा लगानी गर्न पाउने