एशियाली विकास बैंक (एडीबी) ले हिमालयन बैंक लिमिटेडलाई ट्रेड फाईनान्स कार्यक्रम अन्तर्गत उच्चतम कारोबार गरे बापत ‘टीएफपी अवार्ड २०१९–लिडिङ पार्टनर बैंक इन नेपाल’ प्रदान गरेको छ ।
एशियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो ।
सेप्टेम्बर ३ मा सिंगापुरमा आयोजित एडिबि ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका महाप्रबन्धक सुशिल जोशी र मुख्य प्रबन्धक सतीश राज जोशीले उक्त अवार्ड ग्रहण गरेका थिए ।
हिमालयनले यो अवार्ड प्राप्त गरेको तेश्रो पटक हो । यसअघि सन् २०१६ र २०१७ मा यो अवार्ड पाएको थियो ।