काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले एन्ड्रोइड वान–पावर्ड फोनको लाईनअपमा विश्वकै उच्चतम रिजोलुसन क्यामेरा सेटअप भएको नयाँ स्मार्टफोन एमआई ए३ सार्वजनिक गरेको छ ।
अघिल्लो एमआई ए२ विश्वकै नम्बर एक एन्ड्रोइड स्मार्टफोन को सफलता पश्चात यस फोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
एमआई ए३ मा एमआई ए सिरिजको भन्दा डिजाइनमा केहि परिवर्तन गरिएको छ । यस सेगमेन्टकै उत्कृष्ट फोन एमआई ए२को कार्यात्मक पक्षलाई कायम राखेर एमआई ए३ मा नयाँ डिजाइन समावेश गरिएको छ ।
२३ हजार ९ सय ९९ रुपियाँ शुरुवाती मूल्य रहेको यस फोनमा क्वालकम स्न्यापड्रेगन ६६५ चिपसेट, एएमओएलईडी सुपर डिस्प्ले, ४०३० एमएएच ब्याट्री, ४८ एमपी ट्रीपल क्यामेरा सेटअप र इन–स्क्रिन फिङगरप्रिन्ट स्क्यानर जस्ता विशेषताहरु रहेका छन् ।
सबै एमआई ए सिरिज स्मार्टफोन जस्तै एमआई ए३ गुगल एन्ड्रोइड वान प्रोजेक्टद्वारा संचालित हुन्छ र यसमा एन्ड्रोइड ९ पनि छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले एमआई ए३को सार्वजनिकसँगै एमआई फ्यानका लागि अविश्वसनीय विशेषताका साथ अर्को एन्ड्रोइड वान फोन ल्याउन पाउँदा निकै खुसी लागेको बताए ।
उनले यसको थुप्रै नविनतम विशेषताहरुका एमआई फ्यान तथा नेपालका प्रयोगकर्ताहरुले यो नयाँ एमआई ए३ले अद्भुत अनुभव प्रदान गर्ने बताए ।
जोन गोल्ड, गुगल, पार्टनर प्रोग्रामका निर्देशकले भने, ‘हामी शाओमीसँग पार्टनरसीप गरेर यस वर्ष एन्ड्रोइड वान पोर्टफोलियोमा अर्को उत्कृष्टि उपकरण थप्नका लागि निकै उत्साहित छौं ।’
फ्ल्यागसीप–लेबल ४८ एमपी एआई ट्रीपल क्यामेरा सेटअप
एन्ड्रोइड वानबाट संचालित प्रत्येक एमआई ए सिरिज उपकरणले स्टीलर क्यामेराको अनुभव प्रदान गर्दछ ।एमआई ए३मा सोनीको एमपी आइएमएक्स सेन्सर, ८ एमपी अल्ट्रा वाइड र २ एमपी डेप्थ् सेन्सर जस्ता विशेषताहरु रहेको छ ।

४८ एमपी ठूलो आधा–इन्च सेन्सरले इमेजको गुणस्तर कायम राखेर अधिकतम विवरण संकलन गर्ने अनुमति प्रदान गर्दछ । क्यामेराको अनुभव अझै बढाउन, एमआई ए३ मा पहिलो पटक एमआई सिरिजमा शाओमीको लोकप्रिय स्टिडी ह्यान्डहेल्ड नाइट फ्रोटोग्राफी मोड राखिएको छ ।
४८ एमपी क्यामेरा बाहेक एमआई ए३ मा ३२ एमपी फ्रन्ट क्यामेरा रहेको छ जुन विश्वकै उच्च मेगापिक्सेल क्यामेरा सेटअपमा गनिन्छ । ३२ एमपी क्यामेरामा सुपर पिक्सेल साइज 1.6μm रहेको छ जसले कम प्रकाशमा पनि क्रिस्प र विस्तृत सेल्फीको अनुमति दिन्छ ।
कन्टेम्प्रोररी डिजाइन
एमआई ए३ मा ए सिरिजको कार्यक्षमतालाई सन्तुलनमा राख्दै नयाँ उच्चस्तरीय डिजाइनलाई मुर्त रुप दिइएको छ ।यसमा वान ह्यान्डेड प्रयोग गर्न मिल्ने इर्गोनमिक फर्मका साथ ग्लास स्यान्डवीच डिजाइन जस्ता विशेषता रहेको छ । १५.६ सीएम (६.०८) सुपर एएमओएलईडी डिस्प्ले उच्च पावर दक्षताको इमर्सिभ दृश्यको अनुभव प्रदान गर्दछ ।
७ जेनेरेसन इन–स्क्रिन फिंगरप्रिन्ट स्क्यानरले १५५ फिंगरप्रिन्ट डिटेक्शन क्षेत्रलाई वृद्धि गरेर अघिल्लो जेनेरेसन भन्दा ३०५ बढि प्रभावशाली रहेको छ ।
ट्रीपल क्र्नीङ गोरिला ग्लास ५ ले एमआई ए३ को फ्रन्ट, रियर र क्यामेरा मुड्युललाई सुरक्षित राख्दछ । यसको कार्यक्षमता न्यानो–लेबल होलोग्राफिक प्याट्रनले पूरक गर्दछ जसले गतिशिल डिजाइन प्रवाह सृजना गर्दछ । यो ३ रंगहरु (काइन्ड अफ ग्रे, नट जस्ट ब्लु र मोर देन ह्वाइट) मा उपलब्ध रहेको छ ।
KryoTM कम्प्यूटिङ पेयर्ड विथ एन्ड्रोइड वान
प्रदर्शन र पावर–दक्षताको उत्तम मिश्रणको विरासतलाई अगाडि बढाउँदै एमआई ए३ मा क्वालकम स्न्यापड्रेगन ६६५ मोबाइल प्लाटफर्मलाई एन्ड्रोइड वानसँग जोडिएको छ ।

अक्टा कोर चिपसेट 6GB LPDDR4X RAM र 128GB of UFS 2.1 storage सँग जोडिएको छ जसले स्मुथ र तिव्र प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । एमआई ए३ मा ४०३० mAh ब्याट्री सहित १८ वाट्ट फास्ट चार्जिंग र १० वाट्ट चार्जर बक्स रहेको छ ।
एमआई ए३ मा गुगलको आविष्कारलाई शाओमीको हाडवेयरसँग जडान गरिएको छ । यो एन्ड्रोइड ९ पाई अप्रेसटङ सिस्टममा संचालन हुन्छ र गुगल एशिस्टेन्ट, डिजिटल बेलबिंग र एडाप्टीभ ब्याट्री जस्ता विशेषता छ ।
एमआई ए३को एन्ड्रोइड यूआईले प्रयोगकर्तालाई स्न्यापी र क्लटर फ्री अनुभव प्रदान गर्दछ र यसमा गुगलबाट २ वर्षसम्मको सेक्युरिटी अपडेटमा ग्यारेन्टी र एन्ड्रोइड ओएस अप्ग्रेडमा २ वर्षको ग्यारेन्टी छ ।
उपलब्धता
एमआई ए३ तीन प्रकारको रंगमा उपलब्ध हुनेछ– काइन्ड अफ ग्रे, नट जस्ट ब्लु र मोर देन ह्वाइट रहेको छ ।
४ जीबी प्लस ६४ जीबी भेरियन्ट २३ हजार ९९९ रूपैयाँमा र ६ जीबी प्लस १२८ जीबी भेरियन्ट २७ हजार ९९९ मा सेप्टेम्बर ११ तारिकबाट डराज डटकम डट एनपी र सस्तोडिल डटकममा उपलब्ध हुनेछ ।
यो सम्पूर्ण अफलाइन स्टोरहरुमा पनि उपलब्ध हुनेछ । सबै एकाईहरुमा बक्स भित्र फ्रि केस पनि उपलब्ध हुनेछ ।