माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा थापा र न्यौपाने बढुवा

काठमाडौं । माछापुच्छ्रे बैंकले नायव प्रमुख कार्यकारी अधिकृत पदमा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने तथा उप महाप्रबन्धक पदमा प्रसिद्धराज अर्याललाई बढुवा गरेको छ ।

 

नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने दुवै जनाले दुई दशकभन्दा बढिको बैंकिङ्ग अनुभव संगालीसकेका छन् । साथै, माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यबस्थापन तहमा रही कुशल नेतृत्व, व्यवस्थापकिय दक्षता भएका थापा बहु बैंकिङ्ग व्यवसाय र न्यौपाने संचालन तथा जोखिम व्यवस्थापनमा अव्वल मानिन्छन् ।

 

त्यस्तै नायव महाप्रबन्धक पदमा बढुवा भएका प्रसिद्धराज अर्यालले पनि बैंकिङ्ग क्षेत्रमा करिब दुई दशक जतिको अनुभव सगालेका छन् र अर्यालसंग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।

 

बैंकको विस्तारित व्यवसाय, स्तरीय सक्षम व्यबस्थापन, कर्मचारीहरुको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रिपूर्ण वातावरण लगायतका मुख्य मापदण्डका तत्वहरुले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ्ग क्षेत्रमा अब्बल, आकर्षक साथै अनुपालन बैंकको रुपमा समेत स्थापित बैंक मानिन्छ ।

 

बैंकले हाल देशभरका १६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २०० एटीम र १५७ शाखारहित बैंकिङ्ग सुविधा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

सेयर बजारमा भीषण पहिरो Read Previous

सेयर बजारमा भीषण पहिरो

मौद्रिक नीति समीक्षामा गरिएका व्यवस्थाले अर्थतन्त्र प्रभावित हुन्छ : महासंघ Read Next

मौद्रिक नीति समीक्षामा गरिएका व्यवस्थाले अर्थतन्त्र प्रभावित हुन्छ : महासंघ