काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । आइतबार बजार खुलेको ५ मिनेटमै नेप्से ६२ अंकले घटेको हो ।
बिहीबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर धितो कर्जामा थप कडाइ गर्ने घोषणा गरेसँगै नेप्सेमा भारी गिरावट आएको हो ।
गत सातादेखि ओरालो लागेको नेप्से मौद्रिक नीतिमा गरिएको व्यवस्थाले लगानीकर्ता निराशा हुँदा सेयर बजार झनै ओरालो लागेको हो ।