मौद्रिक नीति समीक्षामा गरिएका व्यवस्थाले अर्थतन्त्र प्रभावित हुन्छ : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवाषिक समीक्षा मार्फत गरिएका व्यवस्थाले आर्थिक गतिविधि प्रभावित हुने बताएको छ ।

 

महासंघले एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकको नयाँ व्यवस्थाले कोरोनाको तीनवटा लहरसँग जुध्दै तंग्रिन लागेको अर्थतन्त्र प्रभावित हुने बताएको हो ।

 

उत्पादनमूलक उद्योगलाई कम ब्याज दरमा कर्जा उपलब्ध गराउन अध्ययन गर्ने विषयले औद्योगिकरणमा सहयोग पुग्ने देखिए पनि निजी क्षेत्रका अधिकांश सुझाव सम्बोधन नहुंदा व्यापार व्यवसाय एवं लगानी प्रभावित हुने देखिएको महासंघको भनाइ छ ।

 

निक्षेपको ब्याज दर बढाउदा बैंक वित्तीय संस्थामा रकम बढन नसकेको पछिल्लो ६ महिनाको अवस्था ज्ञात हुदाहुदै कर्जाको ब्याज दर बढाउनेतर्पm मौद्रिक नीतिको समीक्षा केन्द्रित हुँदा पूंजीको लागत थप बढन गई व्यवसायी र वित्तीय संस्थामा समेत समस्या देखिने सम्भावना बढेको महासंघको ठहर छ ।

 

बढदो आयात निरुत्साहित गर्न नीति केन्द्रित हुँदा यसले उत्पादन, मूल्यवृद्धि, राजस्व र रोजगारीमा नकारात्मक असर पर्नेतर्फ महासंघले केन्द्रीय बैंकलाई ध्यानाकर्षण गराएको छ ।

 

कोभिड १९ महामारीका कारण संकटमा परेको व्यवसाय पुनरुत्थानका लागि पुर्नकर्जा, पुर्नतालिकीकरण र पुर्नसंरचनामार्फत राहत दिएको केन्द्रिय बैंकले तेस्रो लहरको प्रभाव कायमै रहेका बेला पुर्नकर्जाको ब्याजदर समेत बढाइदिँदा विशेषगरी साना तथा मझौला उद्यमी प्रभावित हुने महासंघले बताएको छ ।

 

मौद्रिक नीतिको समीक्षामा ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने भन्ने उल्लेख छ । नीतिको रुझान हेर्दा यी प्रकृतिका कर्जामा कडाइ गर्ने गरि ब्याजदर वृद्धि लगायतका उपाय अवलम्बन हुने देखिएको महासंघले जनाएको छ ।

 

निर्यात प्रवद्र्धन र मुलुकभित्र रकम भित्र्याउन अन्य उपाय अवलम्बन नगरि आयात घटाउने उपाय अबलम्बन गरिँदा यसले अनधिकृत व्यापार बढनुका साथै मूल्य समेत अकाशिने महासंघले जनाएको छ ।

 

माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा थापा र न्यौपाने बढुवा Read Previous

माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा थापा र न्यौपाने बढुवा

डेढ महिनापछि बैतडीमा हवाई सेवा सञ्चालन Read Next

डेढ महिनापछि बैतडीमा हवाई सेवा सञ्चालन