निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले फेरिपेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । दुई साता अघि भाउ बढाएको निगमले इन्डियन आयल कर्पोरेशनले इन्धनको मूल बढाएर पठाएसँगै फेरि बढाएको हो ।

 

निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ भाउ बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

 

अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रतिलिटर पेट्रोल ५.६१ रुपैयाँले बढेको, डिजेल ५.६२ रुपैयाँले बढेको र हवाई इन्धन ४.९५ रुपैयाँले बढेर आएको निगमले जनाएको छ ।

 

सोही अनुरुप निगमलाई १५ दिनमा करिब २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन बाध्य भएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

उपत्यकाका ९ सडक विस्तारले गति लिँदै, कुनको कति पूरा भयो काम ? Read Previous

उपत्यकाका ९ सडक विस्तारले गति लिँदै, कुनको कति पूरा भयो काम ?

समृद्धि फाइनान्सको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Next

समृद्धि फाइनान्सको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?