समृद्धि फाइनान्सको हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?

काठमाडौं । समृद्धि फाइनान्सले आज (कार्यालय समय)देखि हकप्रद सेयर विक्री खुला गर्ने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् १०ः५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

 

फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्न लागेको हो ।

 

फाइनान्सको हकप्रदमा फागुन २९ गतेसम्म आवेदन दिन पाइने छ । हकप्रदमा बीओके क्यापिटल, समृद्धि फाइनान्सका रजिष्टर्ड तथा शाखा कार्यालय, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।

 

हकप्रद निष्काशनका लागि फाइनान्सले पुस ११ गते बुकक्लोज गरेको थियो। सोअनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

 

फाइनान्सको हकप्रद शेयरको विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई ‘इक्राएनपी आइआर सिंगल सी’ रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ।

 

हाल ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको हकप्रदपछि ८१ करोड ८९ लाख ११ हजार ४०० रुपैयाँ पुग्नेछ ।

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ? Read Previous

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ?

फेरि भाउ बढाउन उद्योगीले रोके चिनीे विक्री Read Next

फेरि भाउ बढाउन उद्योगीले रोके चिनीे विक्री