काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ बचत योजना ‘महालक्ष्मी बचत वृद्धि खाता’ सार्वजनिक गरेको छ । विगत २७ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना ल्याएको हो ।
५१ रुपैयाँमा नै खाता खोल्न मिल्ने यस योजनामा दैनिक मौज्दातमा ८.५५ प्रतिशत ब्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । यस योजना अन्तगर्त खाता खोलेका ग्राहकहरुको ५ लाख रुपैयाँको दुर्घटना बीमा गरिएको छ ।
यस आकर्षक बचत योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क मेरो सेयर सीआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु प्राप्त हुने बैंकले जनाएको छ ।
ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहीआएको यस बैंकले ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी बचत वृद्धि खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ ।
प्रदेश १ मा ५, मधेश प्रदेशमा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।