काठमाडौं । माघ महिनामा बैंकिङ प्रणालीबाट १३ अर्ब निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स संघका अनुसार माघ १ गतेदेखि २९ गतेसम्मको अवधिमा उक्त निक्षेप फिर्ता गएको हो ।
संघको तथ्यांक अनुसार पुस मसान्तसम्म वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा माघ मसान्त आइपुग्दा निक्षेप १३ अर्बले घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ ।
माघमा १३ अर्ब निक्षेप घट्दा १२ अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ । संघका अनुसार माघ मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । जबकी पुस मसान्तमा ४१ खर्ब ४३ अर्ब रुपैयाँ थियो ।
चालु आर्थिक वर्षमा निक्षेपको तुलनामा कर्जा विस्तार चार गुणाले बढेको छ । चालु वर्षको माघसम्म १०९ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा कर्जा ४३४ अर्बले बढेको छ।
