काठमाडौं । नबिल बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । बैंकले ‘१०% नबिल बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुल्ला हुनेछ ।बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्काशित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।
७ वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ ।
पछिल्लो समय बैंकहरुले अतिरिक्त पूँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढे पनी सर्वसाधारणको चासो भने निकै कम देखिएको छ ।