काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आइटी प्रणालीको सेकुरिटी अडिट गर्न निर्देशन दिएको छ ।
गतहप्ता चिनियाँ ह्याकरहरुले नेपाली बैंकको प्रणाली ह्याक गरी एटीएमबाट पैसा चोरेपछि आगामी दिनमा त्यस्ता घटनाबाट सुरक्षित रहन राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
नियामक निकाय राष्ट्र बैंकले विभिन्न किसिमका साबइर आक्रमण, भाइरस लगायतका विधिबाट हुने डाटा चुहावट र चोरी नियन्त्रण गर्न गुणस्तरीय प्रविधि प्रयोग गर्न समेत निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो वेवसाइट, मोबाइल एप, सामजिक सञ्जाल, वालवेर भाइरस, र्यानसोमवेरजस्ता बाह्यीय जोखिम नियन्त्रका लागि सचेत हुन सुझाव दिएको छ।
स्पम, सिसिङ, स्पुफिङलगायतका माध्यमबाट अनुधिकृत पहुँच गरी सूचना चुहावट र आर्थिक चोरीको जोखिम रोक्नका लागि पेरिमिटर डिफेन्स, एसेज कन्ट्रोल, इनक्रिप्सन, एन्टीभाइरस, फायरवेलजस्ता प्राविधिक क्षमता सुदृढ गर्न निर्देशन दिइएको छ।
यसैगरी, प्रविधिमा सुधार गरी सूचना आदानप्रदान, भुक्तानी आदेश एवं सेवा प्रवाह गर्दा अवलम्बन गरिएका प्रणालीहरुको सत्यता जाँच गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।
