काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा मुलुकभरबाट उत्कृष्ट हुने विभिन्न विद्यालयलाई पुरस्कार प्रदान गरिएको छ ।
संस्थागत विद्यालयतर्फ काठमाडौंको कपनमा अवस्थित रिलायन्स इन्टरनेशनल एकेडेमी प्रथम भएको छ । त्यस्तै, नेपाल पुलिस स्कुल, काभ्रेपलाञ्चोक दोस्रो र भ्याली भ्यू इङ्लिस स्कुल, काठमाडौँ तेस्रो भएका छन ।
उत्कृष्ट भएका विद्यालयले क्रमशः रिलायन्सले ३ लाख, पुलिस स्कुलले २ लाख र भ्याली भ्यूले १ लाख पुरस्कार प्राप्त गरेका छन ।
यस्तै माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा सामुदायिक विद्यालयतर्फ मेघा माध्यमिक विद्यालय झक्तपुर प्रथम, रेसुङ्गा माध्यमिक विद्यालय गुल्मी दोस्रो र तरुण माध्यमिक विद्यालय बालाजु तेस्रो हुन सफल भएका छन् ।
आयोजित उक्त समारोहमा उत्कृष्ट यसपटक सामुदायिक विद्यालयतर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (१२ कक्षा) मा राष्ट्रियस्तरमा अमरसिंह माध्यमिक विद्यालय पोखरा प्रथम, सुकुना माध्यमिक विद्यालय मोरङ दोस्रो र भवानी विद्यापिठ माध्यमिक विद्यालय पर्वत तृतीय हुन सफल भएका छन ।
यस्तै, संस्थागत विद्यालयतर्फ एसओएस हर्मन माइनर माध्यमिक विद्यालय कास्की प्रथम, नेपाल पुलिस स्कुल काभ्रे दोस्रो र सेन्ट जेभियर्स कलेज काठमाडौँ तृतीय हुन सफल भएको छ । उत्कृष्ट भएका ती विद्यालयलाई क्रमशः ३ लाख, २ लाख र १ लाख पुरस्कार प्रदान गरिएको थियो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट छनोट भएका आङ्गिक शिक्षालयमध्ये बालाजु स्कुल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजी, साझेदारीका रुपमा सञ्चालित शिक्षालय तथा संस्थामध्येबाट तानसेन स्कुल अफ हेल्थ साइन्स पाल्पा र सामुदायिक विद्यालय जनज्योति माध्यमिक विद्यालय सिन्धुली उत्कृष्ट भई एक/एक लाख पुरस्कार प्राप्त गरेका छन ।
यस्तै, विश्वविद्यालय अनुदान आयोगबाट छनोट भई आङ्गिकतर्फ पुल्चोक क्याम्पस ललितपुर, सामुदायिक तर्फ जेएस मुरारका बहुमुखी क्याम्पस सिराहा र निजीतर्फ काठमाडौँ बर्नहार्ट कलेज बाफल उत्कृष्ट भई नगद २ लाख ५० हजार पुरस्कार प्राप्त गरे ।