काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आन्तरिक उडान गर्ने यात्रुले अब अनिवार्य प्रिन्टेड टिकट देखाउनु पर्ने भएको छ ।
सुरक्षाको कारण देखाउँदै विमानस्थलले मंगलबारदेखि यस्तो व्यवस्था लागू गरेको हो । यसअघि डिजिटल टिकट देखाएर प्रवेश गर्न पाउने व्यवस्था रहेकोमा अब यात्रुले टिकट प्रिन्ट गरेर बोक्नु पर्ने भएको छ ।
टिकट नम्बर मात्र लिएर आउने यात्रुको नाम, गन्तव्यसहित स्पष्ट नहुने भएकाले यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ ।
विमानस्थल प्रहरीले प्रिन्टेड टिकट अनिवार्य गरेपछि मंगलबार केही यात्रुले झमेला बेहोर्नु परेको थियो ।