काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले १६ अर्ब रुपैयाँको नयाँ आयोजना प्रस्ताव आएको जानकारी दिएकी छिन् । उनले पछिल्लो ४ महिनामा १६ अर्ब रुपैयाँको नयाँ आयोजना आएको र ३ अर्बको थप बजेट माग आएको बताइन् ।
उनले विकास र आयोजनासँग राजनीति जोड्ने कुराको अन्त्य नभएसम्म पैसा दिएर मात्र खुसी बनाउने गरेको बताइन् । ‘भोटका लागि मात्र आयोजना ल्याउने, पैसा माग्ने, पैसाबाटै खुसी हुने सीमित, असीमित परिपाटीमा केही गर्न सकिँदैन,’ मन्त्री झाँक्रीले भनिन् ।
नगर विकास कोषको ३४ औँ वार्षिकोत्सवमा बोल्दै उनले संघीयताको मोडलमा वित्तीय दिइने गरेको बताइन् । उनी वित्तीयको डिमान्ड कति र सप्लाइलाई कति भयो त्यस विषयमा बहस गर्नुपर्ने आवश्यकता भएको बताइन् ।
‘पर्फमेन्स बेसको आधारमा कर्मचारी सेवा उपलब्ध हुनुपर्छ, सीमित साधारण क्षेत्रबाट असीमित चाहाना छन् ती सबै कुरा पूरा हुन सक्दैन,’ मन्त्री झाँक्रीले भनिन् ।
उले सहरी विकासको नीतिमा नयाँ केही ल्याउन व्यापक छलफल भइरहेको जानकारी दिइन । केही ड्राफ्टमा सरकारसँग छलफल हुने क्रममा रहेको उनले बताइन् ।
उनले नयाँ कार्यक्रममा वर्गीकरण गरेर लगानीको मोडालिटी बनाउने कुरा राखिएको बताइन् । उनले नगरपालिकाले बजेट सेभिङमा राखेको आरोप समेत लगाइन् ।
उनले अव्यवस्थित बसोबासलाई व्यवस्थित बसोबासमा परिणत गर्न नगर विकास कोषसँग साझेदारी गरेर अघि बढ्न सकिने समेत संकेत गरिन् ।