काठमाडौं । विकास बैंक र फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याजदर बढाउने भएका छन् । वाणिज्य बैंकहरुले फागुन १ गतेबाट लागू हुने गरी निक्षेपको ब्याजदर बढाउने निर्णय गरेसँगै विकास बैंक र फाइनान्सले पनि बढाउने भएका हुन् ।
विकास बैंकका सीईओेहरुको संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनले विकास बैंकहरुले मुद्दती निक्षेपको अधिकतम ब्याजदर ११.५५ प्रतिशत पुर्याउने निर्णय गरेको छ । त्यस्तै, संस्थागत मुद्दती निक्षेपमा १०.३५, रेमिट्यान्स निक्षेपमा १२.५५ प्रतिशतसम्म र बचतको न्यूनतम ब्याजदर ६.५५ प्रतिशत दिने भएका छन् ।
त्यसैगरी, फाइनान्स कम्पनीले निक्षेपमा १२.६५ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् । रेमिट्यान्सको मुद्दती निक्षेपमा १२.६५ प्रतिशत र संस्थागत मुद्दती ११.६५ प्रतिशत ब्याजदर दिने जनाएका छन् ।