३ लघुवित्तको प्रतिसेयर आम्दानी १०० माथि, कुनको कति ?

नेप्सेमा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । अधिकांश लघुवित्तहरूले आकर्षक वित्तीय विवरण सार्वजनिक गरेका छन् । अधिकांशको व्यापार, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, नेटवर्थमा उल्लेख्य वृद्धि भएको छ ।

 

तुलनात्मक रूपमा अन्य क्षेत्रका कम्पनीको तुलनामा लघुवित्तहरूको सेयर मूल्य महँगो रहेको छ । लघुवित्तहरूको कमाइ पनि तुलानात्मक रूपमै बढी हुने गरेको छ । यस्तै, लघुवित्तहरूले सेयरधनीलाई लाभांश पनि उच्च रूपमा दिने गरेका छन् ।

 

सेयर बजारमा हट केकमा रूपमा रहेका लघुवित्तहरू लगानीकर्ताको आकर्षणको केन्द्रमा रहेका हुन्छन् । अन्य क्षेत्रका कम्पनीको तुलनामा उच्च नाफा गर्ने र सेयरधनीलाई पनि उच्च प्रतिफल दिने भएर लघुवित्तमा लगानीकर्ताको आकर्षण रहेको देखिन्छ ।

 

लघुवित्तहरूको औसत प्रतिसेयर आम्दानी नै ४५ रुपैयाँ हाराहारीमा रहेको छ । हालसम्म विवरण सार्वजनिक गरेका ३ लघुवित्तको प्रतिसेयर आम्दानी भने १०० रुपैयाँ माथि छ । हालसम्म विवरण सार्वजनिक गरेका जीवन विकास, महिला र फरवार्ड माइक्रोफाइनान्सका प्रतिसेयर आम्दानी १०० रुपैयाँ माथि छ ।

 

कुन लघुवित्तको प्रतिसेयर आम्दानी कति ?

 

जीवन विकास लघुवित्त : नेप्सेमा सूचीकृत लघुवित्तमध्ये जीवन विकासको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै १३२.०४ रुपैयाँ रहेको छ । जीवन विकास सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य भएको लघुवित्त समेत हो ।

 

यस लघुवित्तले दोस्रो त्रैमाससम्म ४० करोड १६ लाख खुद नाफा कमाएको छ । हाल ६० करोड ८४ लाख चुक्त पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा १ अर्ब ७२ करोड संचित छ ।

 

समीक्षा अवधिमा लघुवित्तले ८ अर्ब ८२ करोड निक्षेप संकलन र १० अर्ब ४३ करोड सापटी लिइ कुल २२ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ०.९५ प्रतिशतबाट घटेर ०.७५ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ ३८३.०७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४.२३ रुपैयाँ छ ।

 

महिला लघुवित्त : महिला लघुवित्त सेयर बजारमा सूचीकृत लघुवित्तमध्ये दोस्रो धेरै सेयर मूल्य रहेको महिलाको प्रतिसेयर आम्दानी ११०।९७ रुपैयाँ रहेको छ ।

 

गत वर्षको तुलानामा झन्डै तीन गुणाले नाफा बढाएको महिलाले पुस मसान्तसम्म ८ करोड १८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।यो अघिल्लो आवको सोही अवधिको तुलानामा १८५।३९ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले २ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब १२ करोड निक्षेप संकलन र २ अर्ब ४४ करोड सापटी लिइ कुल ३ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको छ । हाल १४ करोड ७५ लाख चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २३ करोड १७ लाख रुपैयाँ संचित रहेको छ ।

 

फरवार्ड माइक्रोफाइनान्स : समीक्षा अवधिमा फरवार्डको प्रतिसेयर आम्दानी १०८.५० रुपैयाँ छ । चालु आवको दोस्रो त्रैमाससम्म फरवार्डले ४५ करोड ८० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो अघिल्लो आवको सोही अवधिको तुलानामा १०३.५८ प्रतिशत बढी हो । गत वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले २२ करोड ५० लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा लघुवित्तले ७ अर्ब ३३ करोड निक्षेप संकलन र १० अर्ब ३८ करोड सापटी लिइ कुल १९ अर्ब ६२ करोड कर्जा प्रवाह गरेको छ । हाल ८४ करोड ४४ लाख चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ संचित रहेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ३.७२ प्रतिशतबाट घटेर २.११ प्रतिशतमा झरेको छ । प्रतिसेयर नेटवर्थ २७७.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.१४ रुपैयाँ छ ।

विकास बैंक र फाइनान्सले बढाए निक्षेपको ब्याजदर, कति दिन्छन् ? Read Previous

विकास बैंक र फाइनान्सले बढाए निक्षेपको ब्याजदर, कति दिन्छन् ?

इमर्जिङ नेपालको आइपीओमा साढे ४० गुणा आवेदन, कतिले भरे ? Read Next

इमर्जिङ नेपालको आइपीओमा साढे ४० गुणा आवेदन, कतिले भरे ?