शिवम् सिमेन्टको खुद नाफामा गिरावट, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । शिवम् सिमेन्टको खुद नाफामा २७ प्रतिशतले गिरावट आएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ४२ करोड ७३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.५३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

गत वर्षको तुलनामा विक्री र कुल आम्दानी बढे पनि खर्च बढ्दा कम्पनीको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विक्री आम्दानी ८.१६ प्रतिशतले बढेर ४ अर्ब ६० करोड पुगेको छ । त्यस्तै, कुल आम्दानी ७.५९ प्रतिशत बढेर ४ अअर्ब ६१ करोड भएको छ भने कुल खर्च १४.५४ प्रतिशत बढेर ४ अर्ब ११ करोड रुपैयाँ छ।

 

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। गत वर्ष २६.८० रुपैयाँ प्रतिसेयर आम्दानी रहेको कम्प्नीको चालु वर्षमा ७.३८ रुपैयाँ घटेर १९.६० रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २०३.५९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७७.६० गुणा रहेको छ ।

डिशहोम फाइबरनेटले ल्यायो वाइफाइ ६ सहितको ६०० एमबीपीएसको इन्टरनेट Read Previous

डिशहोम फाइबरनेटले ल्यायो वाइफाइ ६ सहितको ६०० एमबीपीएसको इन्टरनेट

एचआइडीसीएलको नाफामा झिनो सुधार, प्रतिसेयर आम्दानी भने घट्यो Read Next

एचआइडीसीएलको नाफामा झिनो सुधार, प्रतिसेयर आम्दानी भने घट्यो