काठमाडौं । डिशहोम फाइबरनेटले ६०० एमबीपीएस स्पीड भएको मेगा–फाई इन्टरनेट प्रदान गर्ने भएको छ ।
डिशहोमले हाई स्पीड इन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको हो ।
नेपालमा नै पहिलो पटक लेटेस्ट वाइफाइ टेक्नोलोजीको वाइफाइ राउटर र मेस नोड मार्फत ग्राहकहरुले हाई स्पीड इन्टरनेटको मज्जा लिन सक्ने छन् ।
डिशहोमले ल्याएको वाइफाइ ६ राउटर अहिले बजारमा पाइने राउटर भन्दा ४ गुणा फास्टार स्पीडमा चल्ने कम्पनीले दाबी गरेको छ ।